काठमाडाैं ।। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाअभियोग प्रस्ताव दर्तापछिको रणनीतिका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचन, बदलिँदो राजनीतिक अवस्था र पार्टीले बनाउने रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ । सरकारमा रहेका दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुलाई स्थानीय तहको चुनावको मिति पर धकेल्ने षड्यन्त्रका रूपमा आफूहरूले बुझेको भन्दै प्रमुख सचेतक भट्टराईले सांसदहरूको सुझावका आधारमा निर्णय गरिने जानकारी दिनुभयो । हिजो साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जबराविरूद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीविश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४१ करोड नाघ्याे
यसपछिको सामग्री
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here