रौतहट ।। रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर २ औरैया स्थित नेपाल भारत सिमानामा रहेको मनमोहन गेट नजिकबाट सशस्त्र प्रहरीको टोलीले साढे १४ लाख नेपाली रुपैया सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बहिनिबाट गएको टोलीले भारतबाट नेपालमा अवैध रुपमा लुकाएर ल्याउदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको हो ।
बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा भारत विहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला ७ बस्ने ३९ वर्षीय संजय कुमार जैसवाललाइ १४ लाख ५० हजार नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ ।
पक्राउ परेको रकम , व्यक्ति तथा मोटर साइकल कानुनी कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको छ । रौतहटको इशनाथ नगरपालिका अन्तर्गतको महुलिया , बन्जरहा , मठिया , औरैया नाका नकली नोट , हुण्डी कारोवारको हब बन्दै गएको छ ।
सो नाकाबाट महिना पिछै रकम पक्राउ पर्दै आएको हो । यस अघि पुष १ गते नेपाल प्रहरीले परोहा नगरपालिका को नरकटिया बाट ६९ हजार ५ सय नक्कली नेपाली नोट सहित भारत विहारको मोतिहारी जिल्ला कबैया निवासी २६ वर्षीय विकास जैसवाल , ३२ वर्षिया अजय जैसवाल र पौष २ गते स्रोत नखुलेको ४ लाख ५० हजार रुपैया सहित भारत बिहार बैरगनिया निवासी १९ वर्षीय विकास कुमार जैसवाललाइ पक्राउ गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here