इतेन्द्र शर्मा ।।
हुनत अफ्गानिस्तान, तालिबानको कब्जामा आउनु अगावै पनि महिलाका लागि सर्वाधिक निकृष्ट मुलुक नै थियो तर तालिबानहरु शाससत्तमा कब्जा जमाएपछि तिनका ब्यथाका गाथाहरु अन्तहीन भएका छन् । अहिले रोजगारीमा चरम नियन्त्रण र टेलिभिजनबाट समेत महिलाको अधिकार मेट्न खोज्ने प्रवृतिले अत्यन्तै त्रासद उपन्यासको कथालाई झल्काउने गरी महिलाका लागि अफ्गानिस्तान थप अन्याचारी बन्न पुगेको छ । महिलालाई उच्चशिक्षाबाट बन्चित गरिएको तीन महिना भन्दा बढी भएको छ । तैपनि तालिबान नियन्त्रणको पहिलो केही सातामा महिलाको खस्किदो अवस्थाबारे अफ्गानिस्तानी र विदेसी मिडियाले पनि खासै महत्व नदिएको गुनासो महिला अधिकारकर्मी तथा लेखाक पत्रकारहरुको रहेको छ । अमेरिकाको एक अग्रणी पत्रिकाले अफ्गानिस्तानमा महिलालाई अनौपचारिक रुपमा माध्यमिक विद्यालयमा अध्ययन गर्नबाट लगाएको प्रतिबन्ध चार दिनपछि मात्रै प्रसारण गरेको थियो ।
सन् २००९ देखि अफ्गानिस्तानबाट रिपोर्टिग गरेकी एम्मा ग्रार्हम हेरिसनले हालै “द गार्जियन” मा लेखेकी एक मार्मिक आलेखमा अफ्गानी महिलाको पिडाबाट अवगत हुन तथा सहानुभूति ब्यक्त गर्न अन्तर्राष्ट्रिय समुदाय पनि गम्भिर नभएको आरोप लगाएकी छिन । काबुल पुग्ने प्रायः अन्तराष्ट्रिय टोलीमा पुरुष मात्रको सहभागिता हुनु, कूटनीतिज्ञ, संयुक्त राष्ट्रसंघ र सहयोगी सस्थाका अधिकारीका लागि पनि अफ्गानी महिलाको जीवन र उनीहरुको सार्वजनिक भूमिका प्राथमिकतामा नपरेको देखिन्छ । बेलायती महिला एवं किशोरीको अधिकारमा लागि दुई बेलायती पूरुषलाई दुई तालिबानी पुरुषसँग भेट्न पठाउनुको अर्थ अफ्गानिस्तानका नयाँ शासकले महिलालाई सख्तरुपमा सरकार एवं सार्वनजिक वृतबाट अलग्याउने प्रवृतिबारे बेलायत अनभिज्ञ रहेको वा चासो नदिनु हो । राष्ट्रसंघले काबुलको संयुक्तराष्ट्र महिला कार्यालयमा पुरुषलाई नेतृत्वदायी भूमिकामा पढाएको थियो भने युनिसेफले बालिकाबारे “चासो” राख्नु अगाडि बालक मात्र विद्यालयको स्वगत गर्ने गरि विज्ञप्ति जारी गरेको थियो । अन्तर्राष्ट्रिय समूदायले पटकपटक “तालिबानलाई समय दिन आग्रह गर्नुको अर्थ महिलाको पिडा र समस्या त्यति महत्वपूर्ण नलाग्नु हो । मिडियाले सिर्जना गर्ने अवधारणाले अन्तर्राष्ट्रिय संगठन एवं कूटनितिज्ञलाई आफ्नो धारण वा मार्ग तय गर्न सघाउने भएकाले मिडियाले अफ्गानि महिला र बालबालिकाको ब्यथालाई प्रमुखताका साथ उठाउनु पर्ने देखिन्छ ।
तालिबानलाई बुझ्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक्ता हो ।नयाँ सरकारका लागि लड्ने र नयाँ सरकार चलाउनेहरुको विश्व दृष्टिकोण र महत्वाकांक्षाले हामी उनीहरुसँग कसरी संलग्न हुन्छौ भन्ने बिषय निर्धारण हुन्छ । सामाजिक सञ्जालमा तालिबान लडाकुका तस्वीर हालेर लाइक एवं फलोको खेति गर्नुको अर्थ छैन । यस्ता तस्वीरमा खेतिको कारण घरमै कैद हुन वा देश छोड्न वाध्य अफ्गानमहिलाहरुले यी पत्रकारहरु “स्टकहोम सिन्ड्रोम (अपहरणकारीसगँ स्नेह राख्ने मानसिक रोग बाट ग्रसित हुन भन्ने सहज प्रश्न गर्ने गर्दछन् ।
तालिबान कब्जापछाडि भएको आर्थिक प्रलयले महिला नै सबैभन्दा बढी प्रभावित हुने सम्भावना देखिन्छ । वर्षौदेखि पश्चिमा अन्तर्राष्ट्रिय समुदाय र मिडियाले अफ्गानिस्तानका महिलाका अधिकार प्रतिवद्ध रहेको जनाउदै आएका हुन् र अहिलेको समयमा यो प्रतिवद्धता कार्यानवयनको सवैभन्दा बढी आवश्यक्ता देखिन्छ । यदि अफ्गान महिलालाई अफ्गानिस्तान सम्बन्धि समस्यामा ठाँउ दिइन्न वा दाताको सहयोगमा सँलग्न गराईन्न भने भोलिका दिनमा पत्रकार दाता र अफ्गानिस्तान समेतले ठूलो मूल्यमा चुकाउनु पर्नेछ । धार्मिक, अतिवादी तालिबानहरु त्यहाँको शासनसत्तामा आउनुको अर्थ नै बालबालिका र महिलाको उत्पीडनको अवस्था दिनानुदीन डर लाग्दो हुँदै जानु हो ।