काठमाडाैं ।। गुरुङ् समुदायले आज ल्होसार पर्व मनाउँदैछ । गुरुङ समुदायमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकारहरु बताउँछन् । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतका उच्च पदस्थ व्यक्तिले शुभकामना व्यक्त गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here