काठमाडाैं ।। विश्वभर कोरोना सङ्क्रमित बढ्ने दरले दैनिक नयाँ रेकर्ड बनाउन थालेपछि स्वास्थ्य सङ्गठन डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका कारण सङ्क्रमण हुनेको सङ्ख्याले दैनिक नयाँ रेकर्ड बनाउन थालेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको हो । गत २४ घण्टामा मात्रै यो खबर तयार पार्दासम्म विश्वभर १५ लाख ९४ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै ४ लाख ६५ जनाभन्दा धेरै, फ्रान्समा २ लाखभन्दा धेरै र बेलायतमा १ लाख ८३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डेनमार्क, पोर्चुगल र अस्ट्रेलियामा पनि दैनिक सङ्क्रमित थपिने दरले नयाँ रेकर्ड बनाएका बीबीसीले जनाएको छ । यस्तै गत २४ घण्टामा ५ लाख ९२ हजारभन्दा धेरै निको हुँदा ७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here