रौतहट ।। रौतहटका गढीमाई नगरपालिका स्वास्थ्यमा क्षेत्रमा अवल काम गरेको छ । स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा गोष्ठमा आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार भन्दा बढी व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ ।
गढीमाई नपाका स्वास्थ्य संयोजक तेजनारायण यादवले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार नपा क्षेत्र भित्रको स्वास्थ्य चौकी, प्रसुती केन्द्र तथा अधारभुत स्वास्थ्य केन्द्रबाट २६ हजार सात सय ८९ जना जसमा महिला १५ हजार दूई सय ६१ र पुरुष ११ हजार पाँच सय अठाईस जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको बताईएको हो । नगर क्षेत्र भित्रका समनपुर, सग्रमपुर र धर्मपुर स्वास्थ्य चौकीबाट सात सय ३६ जना सेवाग्रहीलाई प्रसुति सेवा प्रदान गरिएको छ ।
स्वास्थ्य समस्या तथा विपन्न नागरिकलाई जटिल रोग जस्तै मुटु रोग, मृगौला रोग, क्यान्सर, अल्जाईमस, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकल सेल एनिमिया रोग भएका एक सय ६ जना विरामीहरुलाई कागजातको आधारमा सम्बन्धीत अस्पताललाई सिफारीस गरिएको उक्त सिफारीसको आधारमा सम्बन्धीत अस्पतालले विरामीहरुलाई एक लाख सम्मको छुट दिने गरेको नपाको सहसमयोजक धर्मेन्द्र सहनीले जानकरी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा गढीमाई नपा भित्र विश्व महामारीको रुपमा रहेको कोभीड १९ बाट ७० संक्रमित भएका थिए जसमा १४ जनाको मृत्य भएको थियो भन्ने नगर क्षेत्रका करिव ८ सय १० जनालाई पिसिआर र १० जनालाई एन्टीजेन टेस्ट गराईएको प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । साथै कोभिड १९ रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुलाई २० लाखको नपा द्वारा स्वास्थ्य विमा गरिएको सह समयोजक सहनीले बताए ।
गढीमाई नगरपालिकाको कुल जनसंख्या ५० हजार तिन सय ४९ जना रहेको छ जसमा १८ वर्ष भन्दा माथिको ३३ हजार एक सय २३ जना जनसंख्या मध्ये १० हजार सात सय ८१ जनालाई कोरोनो भाईरसको विभिन्न खोप लगाईएको छ । कोरोना भाईरस विरुद्धको खोप कार्यक्रम अन्तरर्गत ५ हजार २ सय ७८ जनाले पूर्ण खोप तथा पाँच हजार पाँच सय तिन जनाले पहिलो डोज मात्र लागाएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समिक्ष गाठीमा गढीमाई नपाका नगर प्रमुख श्याम प्रसाद यादव, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिपेन्द्र कुमार राय, गढीमाई नपा वार्ड नं. ९का वडा अध्यक्ष पुनित सहनी, लेखा अधिकृत कामेश्वर सहनी, स्वास्थ्य शाखाका शैलेन्द्र राय यादव, रामविनय साह लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here