काठमाडाैं ।। क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरुको मृत्यु भइरहेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको छ । र त्यसमा धेरैजसो ज्येष्ठ नागरिकहरू रहेको बिबिसीले लेखेको छ । ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नपुगेको बताइएको छ । खासगरी ज्येष्ठ नागरिक र पहिला स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्। त्यस्तै अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा पनि तापक्रम बढेकोे छ। सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ। अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको बिबिसीले उल्लेख गरेको छ ।
अमेरिका र क्यानडाका केही इलाकामा अत्यधिक गर्मी, ६० भन्दा बढीको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।