पर्सा ।। पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै वैशाख १६ गते आउँदाे बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को १४ गते बसेको बैठकले वैशाख १६ गते आउँदाे बिहीवार बिहान चार बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन पनि अनुराेध गर्ने बैठकले निर्णय गरेकाे छ ।
काेभिड सङ्क्रमितको उपचारका लागि तत्काल दुई सय शय्याको डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । साथै विदेशबाट आएकालाई कम्तीमा १० दिनसम्म आइसोलेशनमा राख्ने कुराको व्यवस्थापन गर्न पालिकालाई अपिल गरिएको छ ।
बैठकले ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगरानीमा सञ्चालन गर्ने निर्णय गरेका छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here