रौतहट ।। नेकपाको दाहा–नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर प्रदेश २ मा समेत प्रभाव परेको छ । नेपाल बन्दका क्रममा रौतहटमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता(कार्यकर्ता पक्राउ परेका छन्। प्रचण्ड-माधव समूहको नेकपाले घोषणा गरेको नेपाल बन्दलाई सफल गराउन निस्केका कार्यकर्ताहरु रौतहट बाट पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले बन्द गराउँदै हिडेका सो समुहका ६ जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्ने नेताहरु बिपिन जैसवाल, शेख कलि मुल्लाह, श्याम नन्दन सहनी, ननिपत सहनी, शेख सद्दाम र शेख कौशर रहेको सो कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक रामराज केशरीले जानकारी दिनुभयो। उनीहरुले प्रहरीको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती सडकमा टायर बालेको, राजमार्ग अवरुद्ध गर्न खोजेको, खुलेका पसलहरुलाई जवरजस्ती बन्द गर्न लगाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरिएको उँहाले बताउनुभयो। पक्राउ परेहरुलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । नेकपा माधव–प्रचण्ड समुहका जिल्ला संयोजक युवराज भट्टराइ ‘समिर’ले आफुहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई निःशर्त रिहा गर्न माग गर्दै प्रहरी दमनमा उत्रिए आफुहरु पनि कडा प्रतिकारमा उत्रने चेतावनी दिनुभएको छ।
सो समुहले आवहन गरेको बन्दले रौतहटका अत्यावश्यक बाहेकका सबै सवारीसाधन, पसलहरु बन्द छन्। उनीहरुले चन्द्रनिगाहपुर स्थित पूर्व–पश्चिम राजमार्गमा बसेर राजमार्ग अवरुद्ध गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारावाजी लगाएका छन् । बन्दको क्रममा कुनै अप्रिय घटना हुन नदिन ठुलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here