रौतहट ।। रौतहट सदरमुकाम गौर स्थित इन्टरनेशनल बाल एकेडेमी(IBA) विद्यालयले गौर बसपार्कको सरसफाई गरेको छ ।
गैर बसपार्कको सरसफाईलाई एउटा चेतनाको रुपमा लिन विद्यार्थीहरुले आम बस व्यवसाय लगायत बस यात्रीहरुलाई सम्झाई बुझाएका थिए । सरसफाई गर्ने जिम्मेवारी हामी सबैको हो । त्यस माथी पनि बस पार्क जस्तो जमगट हुने ठाँउ जहाँ सरसफाईले धेरै महत्त्व राख्दछ ।

गौर बसपार्क सरसफार्ई गर्न पाउनु खुशी लाग्यो तर आफै सचेत हुनु पर्ने र दृष्टविनको प्रयोग गर्न गराउन हामी सबैले मिहिनेत गर्नु पर्ने कुरा कक्षा ९ मा अध्यनरत छात्रा जुही रजकले बताइन । त्यसैगरी कक्षा ७ मा अध्यनरत हिमान्शु पन्डे भने गौर न.पा.ले गौर बसपार्क क्षेत्रलाई सुन्दर बनाउन विशेष पहल गर्नु पर्ने भन्छन् । कक्षा ८ मा अध्यनरत अमन मिश्र भने यती राम्रो बसपार्क तर संरक्षण नभएकोमा दुखी थिए । सो सरसफाई कार्यक्रममा कक्षा ६,७,८ र ९ का छात्र छात्राहरुको सहभागिता रहेको कुरा प्रअ सन्तोष पौडेलले बताएका छन् ।