रौतहट ।। रौतहटमा मापदण्ड पुरा नगरी जिल्लाका बिभिन्न पालिकामा संचालित ८ वटा क्रसर उधोग बन्द हुने भएको छ ।
मापदण्डविपरीत चलेका रौतहटका ८ वटा क्रसर उद्योग मंगलबार बसेको विस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बसेको बैठकले प्राविधिक समितिको प्रतिवेदनको आधारमा सो निर्णय गरेको थियो । प्रतिवेदनका आधारमा श्रीराम जानकी क्रसर उद्योग वृन्दावन नगरपालिका–६ हर्साहा, सुमुख क्रसर उद्योग फतुवा विजयपुर नगरपालिका–८, शिवशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ उद्योग वृन्दावन नगरपालिका–१, शिवम् बालुवा वासिङ उद्योग वृन्दावन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८ नयावस्ती, रमन–सगरमाथा जेभी गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिवनी जेभि फतुवा विजयपुरलाई बन्द गर्ने निर्णय भएको प्रजिअ यादवले बताउनुभयो ।निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आइरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आवश्यक मापदण्ड पूरा नगरेका क्रसर उद्योगलाई हाललाई बन्द गरी मापदण्ड पुर्याएपछि मात्र संचालन गर्न अनुमति दिइने र राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकताप्राप्त योजनाका हकमा आवश्यक क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय जनाएको छ ।जसमध्ये श्रीराम जानकी, सुमुख, सधैंका लागि बन्द हुनेछन् । यस्तै शिवशंकर, संकटमोचन, शिवम् बालुवा वासिङलाई भने मापदण्ड पूरा गरेपछि सञ्चालन गर्ने दिइने छ । अस्फाल्ट, रमनरसगरमाथा, र श्रेष्ठ धुकुछु मृत संजिबनीलाई भने आवश्यक कागजात जिल्ला प्रशासनमा पेश गरी अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिइने निर्णय भएको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here