नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिमको सरावल र प्रतापपुर गाउपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा बाढी पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।विपदको समयमा पार्टी र जात भन्दा माथी उठेर कार्य गर्नुपर्ने नेपाल भारत महिला मैत्री समाजकी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभाकी सदस्य चन्दा चौधरीले बताउनुभएको छ । विपदको समयमा पार्टी जात भन्दा माथि उठेर वास्तविक पिडितलाई सहि रुपमा राहात उपलब्ध गराउनुपर्ने बताउनुभएको थियो । नेपाल भारत महिला मैत्री समाजले भारत रसकारले उपलब्ध गराएको ५ सय टेण्ट र ८ सय त्रिपाल बाढि र पहिरो बाट बढि प्रभावित बनेका ५ जिल्लामा वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सिन्धुपाल्चोक , महोत्तरी, सर्लाही, कैलाली र नवलपरासीमा प्रभावित भएको क्षेत्रका स्थानिय तहका प्रमुखहरुलाई चौधरीले टेण्ट र त्रिपाल हस्तान्तरण गर्नुभएको हो । पश्चिम नवलपरासीमा यसपटकको बर्षायाममा बाढिले डुवानमा परी बढि प्रभावित भएका सरावल गाउँपालिकाको वडा नं.-६,७ र प्रतापपुर गाउँपालिकाको वडा नं.-३ का १०५ घरपरिवारलाई टेण्ट र १ सय ६० घर परिवारलाई त्रिपाल उपलब्ध गराउनेगरी दुवै गाउँपालिकाका अध्यक्षलाई राहात सामाग्री हस्तान्तरण गर्नुभएको हो । संस्थाको तर्फबाट भारतिय राजदुतावास मार्फत भारत सरकारलाई बाढि पहिरो पिडितका लागि आवश्यक टेण्ट र त्रिपाल उपलब्ध गराउन भारत सरकार समक्ष आग्रह गरेकोमा भारत सरकारले सहयोग उपलब्ध गराएको र नेपाल सरकारको अर्थ मन्त्रालयले पनि स्विकृति दिएर आवश्यक प्रकृयामा सहयोग गरेको चौधरीले बताउनुभएको छ । अव स्थानिय स्तरमा पालिका प्रमुख, वडा अध्यक्षहरुले बास्तविक पिडितहरुको पहिचान गरी सोहि अनुसार वितरण गर्नेमा आफु आसावादी रहेको पनि चौधरीले बताउनुभएको थियो ।

आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको भन्दै नेपाल भारत सम्बन्ध अमर रहोस भनि कामना गर्नुभएको थियो । राहात रामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्षता गरीरहेका जिल्ला विपद ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बास्तविक पिडित समक्ष सामग्री पुर्‍याउने बताउनु भएको थियो । पाठकले कुनै पनि विपदको घडिमा तत्कालका लागि राहात उपलब्ध गराउने एउटा पाटो रहे पनि त्यसको दिर्घकालिन निकासका लागि भने सबै जनाले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उहाँले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भएको डुवानको समस्या तत्काल सृजित भएको नभई धेरै बर्ष पहिले देखिको रहेको बताउनुभएको थियो । कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरी, स्वतन्त्र राजनैतिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे लगायतले बोल्दै बाढि पिडितहरुका लागि सहयोग उपलब्ध गराएकोमा नेपाल भारत मैला मैत्री समाज र समाजकी अध्यक्ष चन्दा चौधरीलाई धन्यबाद दिनुभएको थियो । नवलपरासी पश्चिममा सरावलको वार्ड नं.६ मा ९० घर परिवारलाई ४५ टेण्ट र ४५ त्रिपाल बितरण गरिने छ भने वार्ड नंं ७ मा ६० घर पपरिवारलाई ३० टेण्ट र ३० त्रिपाल प्रदान गरिने र प्रतापपुर गाउपालिकाको वार्ड नं. ३ मा ६० घर परिवारलाई ३० टेण्ट र ३० त्रिपाल वितरणका लागी जिल्लामा १०५ टेण्ट र १६० त्रिपाल उपलब्ध भएको संस्थाले जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल गण्डक सिचाई जल उपभोक्ता सस्थाका अध्यक्ष हैदर अलि मोमीनको स्वागत र प्रतापपुर गाउपालिका वास सहजकर्ता शान्ति विकको संचालन रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here