काठमाडौं ।। चीनबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९) विश्वभर फैलिसकेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ३८ हजार ४४८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ७५ हजार ५४७ पुगेको छ । अहिलेसम्म कोरोना भाइसल लागेको बिरामीको उपचार प्रभावकारी देखिएको छैन । जसकारण विश्व स्वास्थ्य संगठनजस्ता निकायहरुले कोरोना भाइरस मानव जीबनका लागि निकै ठूलो दुस्मन भएको बताउँदै आएका छन् ।
डब्लुएलएचओका अनुसार नागरिकहरु सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउने सहित न्यूनतम सुरक्षाका उपायहरु अपनाउँदैनन् भने यो महामारी यसरी नै अघि बढिरहन्छ।’
विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन यी उपाय अपनाउनु भयो भने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुने छ ।
१. नियमित रूपमा हात धुनुहोस्
कम्तिमा २० सेकेन्डको लागि दिनमा पटक पटक साबुन र पानीले हात धुनुहोस्। एउटा राम्रो सेनिटाइजर ब्याक्टेरिया मार्न पनि प्रयोग गर्न सकिन्छ। यो गर्नाले तपाईंको हातमा रहेको भाइरसबाट छुटकारा पाउनेछ।
२. सामाजिक दूरी राख्नुहोस्
तपाईं वरपरका व्यक्तिहरूसँग कम्तिमा घ फिटको दूरी राख्न प्रयास गर्नुहोस्। विशेष गरी खोकी वा सरर्दी भएको व्यक्तिबाट।
हाँछ्यु गर्दा निक्लने तरल पदार्थमा धेरै भाइरस हुन्छन्। भाइरस हावामा फैलिन्छ। यदि तपाईं धेरै नजिक रहनुभयो भने, तब यो भाइरसले सासको माध्यम बाट तपाईंको शरीरमा प्रवेश गर्न सक्दछ।
३. नाक, मुख र आँखालाई पटक–पटक छुने नछुने
अक्सर हामी आफ्नो नाक, मुख र आँखालाई हातले छोइरहेका हुन्छौं। यस्तो गर्दा हातमा लागेको भाइरस सहज रुपमा शरिरमा सर्न सक्छ। दूषित हातले छुँदा भाइरस नाक, मुख या आँखा माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ।
४. हाँछ्यु गर्दा रुमालको प्रयोग गर्ने
श्वासप्रश्वासको माध्यमबाट धेरै रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछन्। कोरोना पनि श्वासप्रश्वासको माध्यमबाट सबैभन्दा छिटो सर्ने भाइरस हो। त्यसकारण खोक्ने तथा हाँछ्यु गर्ने समयमा नाक तथा मुखलाई रुमालले छोप्ने गर्नुपर्दछ। हाँछ्यु गर्दा निक्लने तरल पदार्थमा धेरै भाइरस हुन्छन्। जुन निकै छिटो फैलन सक्छ।
५. रुघा–खोकी तथा ज्वरोलाई सामान्य नलिने
यदि तपाईंमा रुघाखोकी तथा ज्वरो देखिएको छ भने त्यस्तो समस्यालाई सामान्य रुपमा नलिनुस्। त्यस्तो छ भने तुरुन्त चिकित्सकलाई देखाउने।
यदि तपाईंलाई कोरोनाले संक्रमण गरेको छ भने सुरुको अवस्थामै उपचार सहज रुपमा हुन्छ। साथै तपाईं रोगमुक्त पनि हुनसक्छ।
६. मोबाइललाई सफा गर्ने
हाम्रो हातमा २४ घण्टा रहने मोबाइलको स्क्रीनमा निकै भाइरसहरु जम्मा भएका हुन्छन्। स्क्रीनमाथि मेथिसिलिन रसिस्टेंट स्टेफार्लोकोक्स औरीयास ९एमआरएसए० नामका जीवाणु जम्मा भएका हुन्छन्।
तपाईंले प्रयोग गर्ने स्मार्टफोनलाई सकिन्छ भने हप्तामा एकपटक डिसइफेन्टिग वाइप्सबाट सफा गर्नुहोस्। यस्तो वाइप्सले सफा गर्दा फोनको माथि पट्टी जम्मा हुने किटाणु मर्न सक्छन्।
७. वाथरुमलाई राम्रोसँग सफा गर्ने
वाथरुममा प्रयोग गर्ने टाबेल एकजनाले मात्रै प्रयोग गर्ने। साथै टाबेल प्रयोगपश्चात अनिवार्य घाममा सुकाउने।
वाथरुमलाई डिटोल पानीले सफा गर्ने गर्ने। वाथरुम प्रयोग गरिसकेपछि पनि आफ्नो हात खुट्टा डिटोल पानीले सफा गर्ने।
८. हवाई यात्रामा अति सजग रहने
विमानका सहयोगीबाट खाना तथा सामान लिनुपूर्व आफ्नो हातलाई राम्रोसँग सफा गर्ने। उनीहरुमा कोरोनाको जोखिम बढि हुने गर्दछ।
९. अस्पतालमा खाना खाँदा दही अनिवार्य खाने
यदि तपाईं अस्पतालमै खाना खानु पर्ने स्थितिमा हुनुहुन्छ भने खानामा अनिवार्य दहिको प्रयोग गर्नुहोस्। दहीमा एसीडोफिलस नामको बैक्टीरिया हुन्छ जसले धेरै खालका भाइरसलाई नष्ट पनि गर्छ।
१०. माक्सको प्रयोग गर्नेर
तपाईं स्वस्थ भएपनि या तपाईंमा समस्या देखिएपनि घर बाहिर निस्कदाँ माक्सको प्रयोग अनिवार्य गर्नुहोस्। तपाईंमा भएको रोग अरुलाई नसार्न र अरुको रोग तपाईंमा नसार्न माक्सको प्रयोग अति महत्वपूर्ण हुन्छ। नाक मुखको माध्यमबाट सिधा आउने किटाणुलाई माक्सले रोक्छ।
११. दैनिक ५ लिटरसम्म पानी पिऔं
दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।
कोरोनाबाट बच्ने उपाय अवलम्बन गरे मात्र आम नागरिक यसबाट बच्न सक्छन्।