रौतहट ।। रौतहटको सवै स्थानीय तहमा कोरोना भाइरस कोभीड़ १९ को संक्रमण फैलिएको छ । विहिवार बाकि रहेको स्थानीय तह चन्द्रपुर नगरपालिका मा १ जना संक्रमित पुस्टि भए सँगै १८ स्थानीय तहमा संक्रमित फेला परेको हो ।
विहिवार ६५ जनामा कोभीड़ १९ को संक्रमण पुस्टि भए सँगै रौतहटमा ३८३ जना संक्रमितको संख्या बढेर गएको छ । भारतीय सिमाना सित जोडिएको स्थानीय तह ईशनाथ नगरपालिका र राजपुर नगरपालिकामा बढ़ी पोजेटिव केश भेटिएको छ ।
विहिवार ईशनाथ नगरपालिकामा ४६ जना , गुजरा नगरपालिकामा ८ गढ़ीमाई नगरपालिका मा ७ , फतुआ विजयपुर , चन्द्रपुर , दुर्गाभगवती गाउँपालिका र माधव नारायण नगरपालिकामा एक एक जना गरी ६५ जनामा संक्रमण पोजेटिव देखिएको छ ! ३ महिला र ६२ पुरुष रहेको छ ।
दिन दिनै कोभीड़ १९ को संक्रमण फैलिदै गइरहेको भए पनि जिल्ला सुरक्षा समितिले बाजार सञ्चालन गर्न गरेको निर्णयले जहां जोखिम निम्त्याउने खतरा बढेको छ । बाजार सञ्चालन ल्याउनु सुरक्षाको व्यवस्थापनमा ठूलो चुनौती बढेको छ । पसल ,बैंक ,खुल्न थालेमा सेवा लिने ग्राहक सेवाग्रहीहरुको भीड़ भाड़ हुने र त्यसको व्यवस्थापन कसरी गर्न सकिने भनी चुनौतीको विषय भएको छ ।
लकडाउनको मारमा परेका व्यवसायी र ग्राहकहरु दैनिक आधारभूत आवश्यकता पूरा गर्नको लागि एकै पटक उपस्थित हुने भएकोले भीड़ व्यवस्थापन र सामाजिक दुरीको पालना गराउन सुरक्षाकर्मीलाइ अप्ठ्यारो नै हुने सम्भावना देखिएको छ ।
जिल्लामा स्थापना गरिएको क्वारेंटाइनको अव्यवस्थित व्यवस्थापनको कारण पटक पटक विबाद सृजना हुदै आएको अवस्थामा लकडाउन अप्रत्यक्ष रुपमा खुकुलो बनाउने जिल्ला सुरक्षा समितिको निर्णय संक्रमणको ठूलो संकट पैदा गर्न सकिने स्थानीय जानकारहरुको कथन रहेको छ ।
लामो समय सम्मको लकडाउनले कालाबाजारी हुने अवस्था रहेकोले बाजार व्यवस्थापन तथा महँगी नियंत्रण गर्न चुनौती थपिएको छ । नेपाल सरकारको निर्णय जति तीब्र देखिएको छ त्यति कार्यान्वयनमा अग्रता नआएकोले सरकारको प्रति आम नागरिकको धरना विपरीत भएको छ । घरमा थुनेर राख्ने नेपाल सरकारले कर बुझाउन सुचना सार्वजानिक गरे पछि व्यापारी , व्यवसायीहरु आक्रोशित भएर व्यापार सञ्चालन गर्न तरफ अग्रसर भएको हो ।
गरीव ,असहाय , विपन्न बर्ग ,सिमान्तकृत समुदाय लकडाउनको कारण पिरोलिएको छन । संघ ,प्रदेश र स्थानीय सरकार विच सहकार्य समन्वय नहुँदा उनीहरु राहत ,अनुदानबाट बंचित हुनु परेको यथार्त सत्य रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here