सागर संगम । गरुडा ।। रौतहटको परोहा नगरपालिका वड़ा नं. ३ तेजपाकडको विभिन्न कवारेन्टीनमा पानी तथा बिस्कुट वितरण गरिएको छ ।

सोही ठाउँको एक स्थानीय नेकपाको समाजसेवी नेता रामबहादुर कुशवाहाले आफ्नो निजी लगानिमा परोहको तिन वटा क्वारेन्टीनमा राहत स्वरूप पानी तथा बिस्कुट वितरण गरेका छन । कोरोना भाइरसको संक्रमनको आशंकामा राखिएको तेजपाकडको मदरसामा रहेको क्वारेन्टीनमा ७७ जना,त्यस्तै निजी भवन भाड़ामा लिएर संचलानमा रहेको कवारेन्टीनमा २२ जना र तेजपाकडको विद्यालयमा अवस्थित क्वारेन्टीनमा ६० जना गरी कुल १ सय ५९ जनालाई नास्ता स्वरूप १र१ थान पानी र बिस्कुट वितरण गरिएको छ ।

यस अघि पनि विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण ज्याला मजदुरी गरी खाने अति गरिव, असाहाय तथा विपन्न परिवारहरुले खेपीरहेको भोकमरीको समस्यामा सक्दो सहयोगको भावनाले आफ्नो निजि लगानीबाट निज कुशवहाले पटक पटक विभिन्न राहत सामग्री वितरण गरिएको वहाले बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here