रौतहट।। राजपुर नगरपालिकाको वैरिया क्वारेन्टाइनमा बसेका कोरोना भाइरसका शंकाष्पद व्यक्तिहरुले स्वास्थ्य परिक्षण गर्न बुधवार गएका स्वास्थ्यकर्मी माथि आक्रमण गरेर गम्भीर घाईते बनाएका छन् ।
रौतहटको राजपुर नपाको बैरिया स्थित मदर्शा क्वारेन्टाइनमा रहेका २०९ जनाको पिसिआर स्वाब परिक्षणको नतिजा निगेटिभ आए पछि आज उनीहरुलाई घर पठाउने तयारी गरिएको थिए तर घर पठाउनु अघि पुनः एक पटक आरडिटि परिक्षण गर्नुपर्ने प्रावधान रहेकोमा आरडिटी किट लिएर परिक्षण गर्न गएका राजपुर नपाको सहायक स्वास्थ्य संयोजक खुर्शेद आलम, सिअहेव रामनरेश साहको टोली संग अब परिक्षण नगराउने विवाद सुरु गरेर उनीहरु आक्रमणमा उत्रिएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरु सहायक संयोजक आलमलाई निर्घात कुटपिट गरेर मरणासन्न अवस्थामा पुर्याएको तथा उनी सगै अर्का स्वास्थ्यकर्मी कुटाई खादै ज्यान जोगाउन त्यहाँबाट भाग्न सफल भए । क्वारेन्टाइनमा बसेका समर्थनमा वैरिया गाउँका मानिसहरु आएर क्वारेन्टाइन भित्र उतपात मचाई स्वास्थ्यकर्मी सहितका पाँच वटा मोटरसाइकल तोडफोड समेत गरेका छन् ।
निर्घात कुटपिटबाट स्वास्थ्यकर्मी आलमको टाउको फुट्दा ८ वटा टाँका लागेको छ भने शरिर भरी कटाईको निलडाम रहेको हुँदा उनको उपचार भईरहेको राजपुर नपाको स्वास्थ्य संयोजक रविन्द्र झाले बताए । संयोजक झाका अनुसार स्वाब परिक्षण भइसकेकोले पुनः आरडिटि परिक्षण नगराउने र आफूहरु क्वारेन्टाइन बाट घर जाने भन्दै क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मी उपर ढुङ्गामुढा गर्नुका साथै आलमलाई मारेर फालिदिएकोमा गम्भीर आपत्ति प्रकट गरे ।
एक कोरोना संक्रमित विरामीको उपचार गर्न निकै कठिन रहेको अवस्थामा यसरी स्वास्थ्यकर्मी माथि आक्रमण हुँदा यस्तो अवस्थामा काम गर्न नसकिने बताउदै संयोजक झाले कुटाईबाट घाईते भएका स्वास्थ्यकर्मी सहित सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, घटनामा संलग्न दोषिलाई यथाशिघ्र समातेर कारवाही र स्थानीयको प्रहारबाट क्षतिग्रस्त भएको सवारीसाधनको क्षतिपुर्ती पाउनुपर्ने लगायतको माग पुरा नभए सम्म आजै देखि राजपुर नगरपालिकामा कुनैपनि स्वास्थ्यकर्मीहरु काम नगर्ने चेतावनी दिए ।
यस अघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनबाट संक्रमित विरामीलाई आइशुलेशनमा लैजाने लाग्दा स्वास्थ्यकर्मी माथि आक्रमण गरिएका थिए । क्वारेन्टाइनमा खटिएका कर्मचारीलाई आवश्यक्ता अनुसार चाहिने सुरक्षा उपलब्ध नहुँदा वेलाबखत अनाहकमा स्वास्थ्यकर्मीहरु माथि आक्रमण हुने शिलशिला बढ्दै गएपनि सम्बन्धित निकाय उदाशिन रहेको आरोप स्वास्थ्यकर्मीहरुले लगाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here