काठमान्डु ।। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । 

प्रतिनिधि सभामा मन्तव्य राख्दै नेता महतोले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए  । सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए । 

उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here