रौतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले जय किसान माध्यमिक बिधालय धरहरीको नयाँ भवनको शिलान्यास गर्नु भएको छ ।
आज शुक्रवार नगरप्रमुख पटेलले देवाही गोनाही नपा.वडा नं.९ स्थित रहेको श्री जय किसान माध्यमिक बिधालय धरहरीको नमूना बिधालय अन्तर्गतको प्रशासकीय भवन शिलान्यास गर्नु भएको हो ।
करिव ९५ लाखको लागतमा निर्णमा हुनलागेको ८ कोठे प्रशासकीय भवन रहेको छ । शिलान्यास कार्यक्रममा नगर उपप्रमुख परनिया देवी पटेल , वडा अध्यक्ष राजेश साह, जय किसान बहुमुखी क्याम्पसका प्रमुख राजकिशोर यादव, प्रधानाध्यापक उमेश यादव, नगरका शिक्षा संयोजक अरबिन्द यादव, इन्जिनियर रामबाबु साह, नरेशको उपस्थिति रहेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।