रौतहट ।। कोरोना भाईरसबाट जोगिन र रोक थाममा कटिएका प्रायः सवै निकायलाई ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालले करोडौको स्वास्थ्य समाग्री हस्तनान्त्रण गरेका छन् ।
अक्सफामको सहयोग तथा आरडिसी नेपालको सहकार्यमा रौतहट १८ स्थानिय तहहरुलाई, डिस्पोजल कैप २० थान, डिस्पोजल गलव्स ३० थान, सर्जिकल मास्क १ सय ५० थान, पानी र हवा नछिर्ने एप्रन पुनः प्रयोग हुने १५ थान, चस्मा २ थान, हैन्ड सेनिटाईजर ५सय ग्रामको १० थान, हैन्ड सेनिटाईजर सय ग्रामको ५० थान, केएन ९५ मास्क २५ थान, आईआर थर्मो गन ५ थान सहितको प्याकेज प्रत्येक स्थानिय तहलाई हस्तानान्त्रण गरिएको आरडीसी नेपालका अध्यक्ष पारस हुसैनले जनकारी गराएका छन् ।
अध्यक्ष हुसैनका अनुसार, संस्थाका सशस्त्र प्रहरीलाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड सेनिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन २५ थान, केएन ९५ मास्क ५० थान , नेपाल प्रहरीलाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड सेनिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन ५० थान, केएन ९५ मास्क ५० थान र नेपाली सेनालाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड सेनिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन १५ थान, केएन ९५ मास्क ५० थान हस्तनान्त्रण गरि सकेको बताए ।
हाल सम्म विभिन्न दातृ निकायको सहयोगमा आरडिसीले ५ स्थानीयद्वारा अति विपन्न परिवारहरुलाई समेत खाद्यय समाग्री सहितको राहत वितरण कार्य जारी रहेको अध्यक्ष हुसैनले बताए ।
त्यस्तै रौतहटका संचाकर्मीहरुको लागि , केएन ९५ मास्क ५० थान दिए संगै गौर अस्पाताल र चपुर अस्पताललाई, डिस्पोजल कैप ५० थान, डिस्पोजल गलव्स ५० थान, सर्जिकल मास्क १ सय ५० थान, हैन्ड सेनिटाईजर ५सय ग्रामको २ थान, हैन्ड सेनिटाईजर सय ग्रामको ५० थान, केएन ९५ मास्क १० थान, आईआर थर्मो गन १ थान सहितको प्याकेजमा स्वास्थ्य समाग्र हस्तनान्त्रण गरि सकेको आरडिसीका कार्यक्रम संयोजक विजय साह बानीयाले जानकारी गराएको छ ।

अक्सफामको सहयोग तथा आरडिसी नेपालको सहकार्यमा रौतहट जिल्लामा विगत १५ वर्ष देखि निरंतर रुपमा विपद व्यवस्थापनमा अग्रनि भुमीकाका रहे संगै हाल जारी कोरोना महामारीको रोकथामको लागि गरिएको सहयोगले रौतहटको स्वास्थ्य देखभालमा धेरै सहयोग भएको गरुडा नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत मो. मुस्ताक आलमका प्रतिक्रीय रहेको छ ।