विराटनगर ।। प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।  कोशी अस्पताल उपचाररत उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । 

दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । 

बुधबार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो । हाल नेपालमा  कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here