रौतहट ।। प्रदेश दुई सरकारले पछिल्लो समय भेटिएका नयाँ कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजीलाई तीव्रता दिएको छ ।

हिजो र अस्ति पाँचजना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि प्रदेश सरकारले सम्बन्धित क्षेत्रमा विज्ञसहितको टोली खटाएको हो । हिजो बारामा पहिलो पटक दुईजना र पर्सामा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको थियो भने अस्ति पर्साका दुईजनामा कोरोना पुष्टि भएको थियो ।

लगातार कोरोना सङ्क्रमित भेटिएपछि प्रदेश सरकारले उनीहरुको सम्पर्कमा आएकाको खोजीका लागि टोली पठाएको र आजसम्म तथ्याङ्क सङ्कलन गरिसक्ने प्रदेश दुईका स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले सीआइएनलाई जानकारी दिनुभयो ।

हालसम्म प्रदेश दुईमा मात्रै १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये चारजना निको भइसकेका छन् भने सातजनाको नारायणी अस्पताल पर्सामा उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here