रौतहट ।। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा इक्यूपमेंट पीपीई सहितका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईट रौतहट शाखालाई हस्तानांतरण गरेका छन ।
राज्य मंत्री यादवले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको पूर्ण सुविधा सहितको ५ सेट पीपीई ,साबुन , सैनिटाइजर ५ पीस , एन ९५ माक्स उपलब्ध गराएको बताएका छन । पीपीई सेटमा हेयर कैप ,आई कैप ,जुत्ता , माक्स , चस्मा ,ग्लव्स , सेट रहेको छ । राज्य मन्त्री यादवलाइ नेपाल रेडक्रस सोसाईट रौतहटका महामन्त्री एवम बल्ड बैँकका समयोजक समेत रहेका राम अधार यादवले, विपदको घडीमा चिकित्सकको सुरक्षाको निमित स्वास्थ्य सामग्री उपलब्ध गराई दिनु भएकोमा धन्यवाद ज्ञापन गरेका छन !
त्यस्ता राज्य मंत्री यादवले क्षेत्रको भरी माक्स, साबुन सहित गढीमाई नपा. वार्ड न ८ को हिरमतपुरमा सय घर परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्ययानहरु समेत वितरण गर्न भएको सोकीय सचिव दिनेश यादवले जानकारी दिएका छन् ।
कृषी राज्य मन्त्री यादवद्वारा पीपीई र सय परिवारलाई रहत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।