फाइल फाेटाे

काठमाडौं ।। पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ । 

अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो । 

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेकामा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । 

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । 

नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत सरकारी वकिलको कार्यालय पुगेकोमा महेश बस्नेतका समर्थकहरुपनि नाराबाजी गर्दै सरकारी वकिलको कार्यालय परिसर पुगेको थियो । सो क्रममा केहीबेर तनावको अवस्था बनेको बताइएको छ ।  उनीहरुले जसपाका नेतामाथि साइवर अपराधसम्बन्धी मुद्दा दर्ता गराउन माग गरेका थिए ।

दुई पक्षबीच अप्रिय अवस्था नहोस् भनेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । 

तनावका बीच सरकारी वकिल कार्यालयले उजुरी अध्ययन गरेपछि मात्र लिने र अहिले छाडेर जान भनेपछि जसपाका नेताहरू पत्र नबुझाइकन पार्टी कार्यालय फर्किसकेको नेता केशव झाले जानकारी दिए । 

उजुरी दिन अपहरणमा परेका भनिएका डा यादवपनि बबरमहलस्थित कार्यालय पुगेका थिए । 

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here