गौर ।। विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । अमेरिकाको जन हपकिन्स विश्व विद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवारसम्म कोरोना भाइरसका कारण २५ लाख ५७ हजार १ सय ८१ जना संक्रमित भएका छन् ।

यस्तै भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६ सय ४१ पुगेको छ भने ६ लाख ९० हजार ४ सय ४४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । यस्तै युरोपीय मुलुक इटलीमा पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ६ सय ४८ पुगेको छ भने एक लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।

४९ हजार कोरोना संक्रमित स्वस्थ भएर घर फर्किएको इटली सरकारले जनाएको छ । क्यानेडामा कोरोना संक्रमितको संख्या एकैदिन २ हजारले वृद्धि भएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या ३५ हजार ३ सय ९२ बाट ३७ हजार ३ सय ८२ पुगेको छ भने १७ सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै टर्कीको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण संक्रमित हुनेको संख्या ९५ हजार ५ सय ९१ पुगेको छ भने २२ सय ५९ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here