File Photo

काठमान्डु ।। नेपालमा रहेका सबै विदेशी मुस्मिल जमाती तथा अगुवाहरूलाई निगरानीमा राखेर कोरोना जाँच गरिने भएको छ । मुस्लिम आयोगसँगको समन्वयमा उनीहरूको स्वाथ्य जाँचदेखि निगरानी बढाउनेसम्मको रणनीति सरकारले अघि सारेको छ ।

हालसमम १ सय ८५ जना विदेशी मुस्लिम अगुवा तथा जमाती नेपालमा रहेको र उनीहरूको यात्रा अभिलेखको बारेमा आयोगलाई सरकारलाई विवरण उपलव्ध गराएको छ । नेपालमा हाल भारत, पाकिस्तान र इन्डोनेसियाका जमाती रहेको पाइएको छ ।

नेपालमा आएर पनि स्थानीय प्रशासन र सरकारको समन्वयमा नआएका जमातिहरूको बारेमा अध्ययन गर्नका लागि आयोगले सरकारलाई समन्वय गरिरहेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सीआईएनसँग बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिजो भएको छलफलपछि आउँदै आयोगसँग ३ बुँदे सहमति पनि भएको छ । मुस्लिम समुदायको रामजानमा समुहमा नमाज नपढ्ने र भोज नखाने, नेपाल छिरेका जमातीहरुको तथ्याकं सरकारलाई उपलब्ध गराएर परीक्षणमा सहयोग पु¥याउने र मस्जिदहरूमा बसेका जमातीहरुलाई स्थानिय मदरसामा क्वारेण्टाइन बनाएर राख्ने सहमति भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here