काठमाडाैं ।। कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्ममा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ६५ हजार ८ सय ९९ पुगेको छ । २४ लाख २१ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार सङ्क्रमित बनेका छन् । इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी सङ्क्रमित छन् । यसैबीच भारतमा कोरोना भाइरस (कोभिड१९) का सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here