रौतहट।। दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहको तस्वीर विना इजाजत डाउनलोड गरी नक्कली फेसबुक आईडी बनाएर बदनाम गराउने कार्य वैशाख २ गते देखि सक्रिय रहेकोमा गाउँपालिका अध्यक्षले ध्यानाकर्षण भई आपत्ती प्रकट गरेको छ ।

गाउँपालिका अध्यक्ष अरुणकुमार साहद्धारा हस्ताक्षरित शुक्रवार जारी भएको प्रेस विज्ञप्तीमा वैशाख २ गते देखि समाजिक संजालबाट तस्वीर र नाम प्रयोग गरी नक्कली फेसवुक आईडी बनाएर जथाभावी रुपमा स्टाटसहरु लेखि जनताहरुलाई मेरो विरुद्ध घडकाउने कार्य गरेको छ । उक्त स्टाटसमा अश्लील, आपत्तीजनक, अभद्र शब्दहरु लेख्न लगाएर मेरो राजनितिक, सामाजिक रुपमा चरित्र हत्या गराउने कुटिल षड्यन्त्र गरिएको आपत्ती प्रकट गरे ।

विज्ञप्तीमा अगाडी लेखिएको छ, “धमिलो पानीमा माछा मार्ने” कुण्ठित मानसिकता बाट ग्रसित केही उच्श्रृंखल तत्वहरुद्धारा समाजमा जातजातिको नारा दिएर समाजिक सदभावलाई समेत खलल पुर्याउने कार्यमा संलग्न रहेको अध्यक्ष साहको ठहर गरेको छ । त्यस्ता घृनित कार्य गरेर मेरो मान प्रतिष्ठामा आँच पुर्याइ राजनितिक रोटी सेक्ने कार्य गर्नेलाई दुर्गा भगवती गाउँपालिका मात्रै नभई सिंगो जिल्लावासी परिचित रहेपनि त्यस्ता व्यक्तिलाई नाँगो पारी सम्बन्धित निकायमा उजुरी दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्ता गलत व्यक्तिलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायमा लिखित उजुरी दिएको हुनाले भ्रामक पोष्ट र गलत आइडीको पछि नलाग्न मलाई चिन्ने वा जान्ने सम्पूर्ण पालिकावासी, जिल्लावासी तथा देशवासी संग आग्रह गर्दछु ।

गाउँपालिकामा भईरहेको विकास निर्माणको कार्यबाट आत्तिएका केही गलत व्यक्तिहरुद्धारा कृतिम आईडी बनाउनेलाई चाँडै रौतहट प्रशासन प्रहरीले पर्दाफास गर्नेछ । समाजमा द्धन्द खडा गर्ने खालको स्टाटस, नक्कली आइडीमा अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेहरु पनि साइवर विद्युतिय अपराध गरेको ठहर हुन्छ तिनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन संग समन्वय भईरहेको विज्ञप्तीमा भनिएको छ ।

समाजको एनाको रुपमा रहेका संचारकर्मीहरु पनि वास्तविक्ता पत्ता लगाएर साइवर अपराध गर्नेलाई कानुनी कारवाहीको परिधी भित्र ल्याने दायित्व रहेको हुँदा तपाईहरु पनि आफनो कत्तव्र्य निर्वाह गरेमा समाजबाट गलत तत्वहरु तह लाग्ने उनले रौतहटका संचारकर्मी संग विज्ञप्ती मार्फत अपिल गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here