रौतहट ।। रौतहटमा सोमबार एक जना १९ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ।

‘खुला सीमाना भएकाले उनी चैत १६ गते नेपाल आएका थिए। घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए,’ रौतहट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने।इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको  औरैया विहारसँग जोडिएको छ।

इसनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले युवक गत चैत १६ गते दिल्लीबाट नेपाल आएको जानकारी दिए।

‘उहाँ १६ गते घर आएपछि हामीले १७ गते नै क्वारेन्टाइनमा राखेका थियौं। त्यसपछि २९ गते स्वास्थ्यकर्मीको टोली आएर नमूना परीक्षण गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने।

नगरपालिका वडा नम्बर-५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।

युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए। अहिले पनि संक्रमित युवा क्वारेन्टाइनमै रहेको र कुन अस्पतालमा लाने भनेर छलफल चलिरहेको यादवले जानकारी दिए।

‘कुहाँ पठाउने भने सिडिओ लगायत सबैजना छलफल गरिरहनुभएको छ। केहीबेरमा टुंगो लाग्छ,’ उनले भने।

आजै कैलालीको लम्कीचुहा नगरपालिकामा वीरगन्जबाट गएकी एक जना ६५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको थियो।

‍योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये १३ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here