रौतहट ।। देश संग प्रदेश नं. २ तथा रौतहटको नजिकै जिल्ला रहेको पर्साको विरगंजमा एकै दिन ३ जना कोरोना संक्रमित भेटिए पछि गौर नगरवासीलाई कोरोनाबाट जोगाउन नगरक्षेत्रलाई सेनिटाईज गरिन लागेको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
आज आईतवार गौर नगरपालिका स्थीत नेपाल भारत बोडर भन्सार देखि सेनिटाईज गर्न सुरु गरिएको नगर प्रमुख गुप्ताले जानकारी गराए ।
गौरका नगरवासीलाई कोरोनाको संक्रमन हुनबाट नगर क्षेत्रलाई कलोरीन सहितको सेनिटाईजर पाउडरलाई पानीमा मिसाई नगरपालिकाको वारुण यन्त्रको प्रयोगबाट छिरकाव गरिएको हो ।
हाल नेपालमा १२ जना कोरोना संक्रमित रहेको छ । जस मध्ये १ जना उपचार गराई घर फर्कि सकेको छ भन्ने आजै पर्सा जिल्लाकाे विरगंजबाट ३ जना संक्रमित भएको पुष्टी भएपछि प्रदेश नं. २ ससंक्ति बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here