सर्लाही।। विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई राहत वितरण गरिएको छ । जनप्रतिनिधीले गर्नु पर्ने कार्य हुन न सकेके पछि स्थानियले गरेको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर तिन लक्ष्मीपुरमा जनप्रतिनिधीले गर्न न सकेको काम गरेर स्थानिय विनय कुमार झा प्रशंशाका पात्र बनेका हुन् ।

कोरोनाबाट बच्न नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको वेला दैनिक काम काज गरेर गुजारा चलाउने विपन्न परिवारहरुलाई विहान वेलुका छाक टार्न समेत समस्या हुदै आएकोमा झा द्वारा त्यस्ता परिवारलाई पहिचान गरि राहत वितरण गरिएको छ ।

आज शनिवार करिब ३० विपन्न घर परिवारलाई प्रत्येक घर परिवार १० किलो चामल,१ ीकलो दाल,५ किलो आलु, १ प्याकेट नुन,,खाने तेल १ प्याकेट , एउटा साबुन वितरण गरिएको स्तानिय विनय झा बताउनु भयो । आईतवार पनि ६० घर परिवारमा राहत बाड्ने योजना रहेका झा बताए ।

अति विपन्न, गरिव, असाहाय लगायतको पहिचान गरि आवश्क खाद्ययानहरुको परिपुर्तिको लागि सकभर प्रयास गर्ने झाले बताए । यस्तो संकटको घडीमा राहत वितरण गराउनु भएकोमा स्थानियवासीहरु झालाइ धन्यवाद दिएको थियो । झाको कार्यलाई सवैले सरहना गरेको छ । यस्ता कायबाट जनप्रतिनिधीहरूले पनि सिक्नु पर्ने देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here