रौतहट ।। रौतहटको विभिन्न स्थानमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या दुई सय नाघेको छ । हाल क्वारेन्टाइनमा २०८ जना बसेका छन् ।
भारत लगायत अन्य मुलुकबाट फर्किएका १२ जना महिला र १ सय ९६ जना पुरुष गरि जम्मा २०८ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरले एक रिर्पोट सार्वजनिक गर्दै २ सय ८ मध्ये क्वारेन्टाइनमा १३ जनाको स्वास्थ्य समान्य रहेकोले उहाँलाई घर फिर्ता छ भन्ने ३ जनाको स्वाव संकलन गरि जाचँको लागि पठाईएको छ ।
हाल रौतहटको विभिन्न स्थानमा ८ सय ३६ क्वारेन्टाइन बेड, २५ आईसुलेशन बेड र ५० थान पिपिई रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन शाखा प्रमुख रामनरेश साहले जानकारी गराएकाे छ ।
पछिल्लो समय नेपालको कोरोना संक्रमितको संख्या बढदै गएको छ । आज मात्र सुदुरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा ३ जना संक्रमित फेला परे संग नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ भन्ने हाल सम्म कोरोना शंकास्पद १३ सय ५६ जनाको स्वाव परिक्षण गरिएको छ ।
रौतहटको क्वारेन्टाइनमा २०८ जना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।