सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्थानीयबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना गरिएको छ । इच्छा हुने एक व्यक्ति बराबर एक हजार रुपैयाँ संकलन गरेर क्वारेन्टाइन स्थापना गरिएको हो । धुस्कुनमा रहेका हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइनको रुपम प्रयोग गरिन लागिएको छ । ४० जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली बत्ती, सोलार, खानेपानी, यान, महिला र पुरुषका लागि छुट्टै बाथरुम, चर्पीको व्यवस्था गरिएको वडाअध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो । क्वारेन्टाइनमा अहिले कोही विमारी आइहाले राख्न सकिनेछ । विरामीलाई खाना, बस्न सबै सुविधा दिलाइने रिसालले बताउनुभयो । क्वारेन्टाइन स्थापनाका लागि कतैबाट सहयोग नआएपछि स्थानीय युवा, समाजसेवी मिलेर आनो गाउँ आफै बनाऔं अभियान मार्फत क्वारेन्टाइन स्थापना गरिएको हो । क्वारेन्टानमा धुस्कुन स्वास्थ्य चौकीका इन्चार्ज रहनेछन् । वारेन्टाइन स्वास्थ्य चौकी इन्चार्ज र वडाअध्यक्षको संरक्षणमा रहनेछ ।
गाँउपालिकामा चन्दा उठाएर क्वारेन्टाइन स्थापना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।