जनकपुर ।। प्रदेश २ को भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनाल ज्यु सेवामा अनुरोध यो छ कि चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस‘केभिड १९’ को त्रास अहिले विश्वभरी महामारीको रुपमा फेलिरहेको छ । जसले गर्दा अहिले सम्म ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । विशव स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधवार सम्मको विवरण अनुसार विश्वभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । र अहिले विश्वको अधिकांश देशहरु भाइरससँग लडिरहेका छन् । यो महामारीको बेलामा म यहाँ को मार्फत के भन्न चाहन्छु भने हाम्रो देश नेपाल र खास गरि प्रदेश न.२ बाट कामदार को रुपमा अन्य रुपमा समेत बिदेश मा रहनेहरुको संख्या लाखौं मा छ । ती नेपाली हरु को आमा ( बुवा अहिले छटपटि रहेका छन । यो भनेर कि मेरो छोराछोरी , श्रीमान -श्रीमती लाई हाम्रै देश नेपाल बुलाइ देउ ए नेपाल सरकार तर यश संबेदनसिल मान्वियेता लाई संघीय सरकार ले कुनै खासै चासो न लियेको जस्तो मैले महसुस गरेको छु । त्यसैले यो महा संकट को बेला मा तपाईं ले वीर हनुमान जस्तो सन्जिवनी बुटि को पहाड ल्याय जस्तै प्रदेश न.२का हाम्रा प्यारा साथी भाइ हरु लाई जुन बिदेश मा छन वाहा हरु लाई स(कुशल घर बोलाइ दिनु हुने छ भनी , आसा होइन पूरा बिस्वासका साथ तपाईं समक्ष यो अनुरोध ( पत्र मार्फत हिर्द्यात्मक अनुरोध गर्द छु ।

अनुरोध कर्ता अरुण कुमार सिंह प्रबक्ता राजपा नेपाल बारा ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here