काठमाडाैं ।। कोरोनाभाइरस संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर संसद बैठक स्थगन गरिने भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका बैठक स्थगन गर्ने विषयमा आज छलफल हुँदैछ । दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आजै निर्णय गर्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कोरोनाभाइरस संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै बैठक स्थगनको तयारी भैरहेको उहाँले बताउनुभयो । कोरोनाभाइरस जोखिम न्यूनीकरण तथा रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिले हिजो मात्र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको छ । कोभिड १९ को त्रासका कारण संघीय संसदका बैठक स्थगित पनि गर्ने तयारी भएको छ । संसद अधिवेशन स्थगित गर्ने कि अधिवेशन नै अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न आज सबै राजनीतिक दलका सचेतक, प्रमुख सचेतकसहितको बैठक बोलाउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक आज र प्रतिनिधि सभाको बैठक भोलिका लागि बोलाइएको छ । आज बिभिन्न सात वटा संसदीय विषयगत समितिका बैठकहरु बोलाइएको छ । आज प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले कोरोनाकाट नेपालीमा पर्न सक्ने जोखिम र न्युनिकरणका लागि छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । कोरोनाको असर र सरकारको तयारीबारेको छलफलमा आज स्वास्थ्यमन्त्रीको साथसाथै मन्त्रालयका सचिव र विज्ञहरुलाई समेत आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here