काठमाडाैं ।। आजदेखि सञ्चालन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा स्थगित भएको छ । कोभिड १९ को खतरालाई मध्यनजर गर्दै सरकारले एसईई परीक्षा स्थगित गरेको हो । विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि स्थगित जाँच स्थगित गर्नु परेको सरकारले बताएको छ । परिस्थितिको गम्भीरता हेरेर परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर्रे निर्णय गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिनुभयो । अर्को निर्णय नहुँदा सम्म परीक्षा स्थगित भएको उहाँले जानकारी दिनुभयो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसइइ रोक्ने निर्णय गरेको हो । सरकारले यसअघि एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । पाहाडी जिल्लाका कयौं विद्यालयका विद्यार्थी डेरा खोजेर परीक्षा केन्द नजिकै बसिसकेका थिए । आज परीक्षा स्थगित भएपछि परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरु घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here