काठमाडाैं ।। इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । युभेन्ट्सले फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ । कोरोनाको संक्रमण देखिने माटुइडी युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यस अघि डिफेन्डए डानिली रुगानीलाई संक्रमण देखिएको थियो । चीनबाट फैलिएको कोरोनाको संक्रमण इटालीमा महामारीको रुपमा फैलिएको छ । जसको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अप्रिल ३ सम्म बन्द गरिएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वका विभिन्न देशमा तय गरिएका खेलकुदहरु स्थगित गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।