काठमाडाैं ।। युरोपियन युनियले एक महिनाकालागि सीमानाका बन्द गरेको छ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर युनियनले आवतजावतमा रोक लगाउँदै नाकाहरु बन्द गरेको हो । युरोपियन युनियन सम्बद्ध २६ राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि थप सतर्कता अपनाउँदै नाकाहरु बन्द गरिएको बीबीसीले लेखेको छ । गत डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको भाइरस हिजोसम्म विश्वका एक सय ६२ मुलुकमा फैलिसकेको छ । भाइरसका कारण साढे ७ हजारभन्दा बढीको मृत्यु भएको छ भने एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here