लहान ।। विश्वमा नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएका छ्न। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि भारतबाट घर फर्केका थिए। उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले बताएका छ्न। उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष कामतीले बताएका छ्न ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।