काठमाडाैं ।। कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्न युरोपेली देशहरूले पनि साझा रणनीति बनाउने भएका छन् । सङ्क्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ आज यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुन लागेको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरुले भिडियो सम्वाद गरेर साझा रणनीति बनाएको केही दिनमा युरोपेली देशले पनि साझा रणनीति बनाउन लागेका हुन । युरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले एक ट्वीटमार्फत भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस सङ्क्रमण र औषधि बारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने संभावित नतिजालाई नियन्त्रण गर्न सम्मेलनले विशेष छलफल गर्ने उल्लेख गर्नु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले अहिले यूरोपलाई कोरोना भाइरसको सङ्क्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ । विश्वभर आजसम्म १ लाख ८१ हजार १ सय ६५ मानिसमा कोरोना संक्रमण देखिएको छ भने ७ हजार १ सय १४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस थप फैलिनबाट रोक्न युरोपेली देशहरूले पनि साझा रणनीति बनाउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।