एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । उनको जन्म सन् १९७५ अगस्ट ९, चेन्नईमा भएको थियो । उनको माता पिताको नाम कृष्ण र इन्दिरा देवी हो । सानैदेखि फिल्म लाइनमा सौख बनाएका उनले अन्ततः यसैमा करिअर बनाए । आज उनी दक्षिण भारतीय फिल्मका महँगा अभिनेता हुन् ।
महेश बाबुको अफयेर मिस इण्डिया नम्रता शिरोधकरसँग चार वर्षसम्म चलेको थियो । उनले विवाह पनि उनीसँगै गरे । उनको एक छोरा र एक छोरी सन्तान रहेका छन् । उनी एक भारतीय फिल्मका एक चर्चित अभिनेता, निर्माता, मिडिया परसोनालिटी र समाजसेवी हुन् ।
चार वर्षको कलिलो उमेरमा उनले सेटमा पाइला हालेका थिए । उनलाई निर्देशक दशारी नारायन राओले बाल भुमिकाका लागि लिएका थिए ।सन् १९९९ मा महेश बाबुले पहिलो फिल्म राजा कुमारुदुबाट डेब्यु गरेका थिए ।
उक्त फिल्मलाई रागाबेन्द्र राओले निर्देशन गरेका थिए ।उनी २० मिलियन डलर सम्पत्तिका मालिक हुन् । उनी एउटा फिल्म खेलेको २० देखि २० करोडसम्म लिने गर्छन् ।उनको हैदरवादमा आलिशान घर रहेको छ । उनी डेढ करोड पर्ने रेन्ज रोभर कार चढ्छन् ।