काठमाडौं ।। नेपाली काँग्रेसले आजैबाट पार्टीका सबै ठूला सभा,सम्मेलन स्थगित गरेका छन् ।आज बुधवार आयोजति पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमण फैलिने सक्ने भएकोले सबै ठूला सभा–सम्मेलन स्थगित गर्न पार्टीले निर्णय गरेका हुन् । ‘कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएको छ। यसको असर नेपालमा पनि पर्न सक्ने देखिएकाले पार्टीले गर्ने सभा सम्मेलन र पूर्वनिर्धारित सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छौं,’ प्रवक्ता शर्माले भने।
विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको प्रवक्ता शर्माले बताए।
कोरोना भाइरस संक्रमणबारे काँग्रेसले कोरोना संक्रमणबारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान अभियानमा सरकारलाई साथ दिने प्रवक्ता शर्माले बताए जनाएको छ ।
आजैबाट पार्टीका सबै ठूला सभा,सम्मेलन नगर्ने काँग्रेसको निर्णय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।