काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहनुभएका प्रा.डा. प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ । मिर्गौला प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम पनि सकिएको छ । प्रधानमन्त्री ओलीको चाहना अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा. ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिने तयारी भईसकेको छ । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गर्दै भारतबाट दुईजना चिकित्सक समेत बोलाएको डा. ज्ञवालीले बताउनुभयो । भोलि हुने मिर्गौलाको प्रत्यारोपणको तयारीका लागि प्रधानमन्त्री ओली आज राति १० बजेपछि खाली पेट बस्नुहुनेछ । यसैबीच त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज प्रमुख सचिव पशुपति भक्त महर्जन, शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि गरिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।