काठमाडाैं ।। सामुदायिक विद्यालयमा रहेको शिक्षक अभावको समस्या समाधान गर्न भन्दै सरकारले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागू गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयम्सेवक शिक्षक नियुक्त गर्न लागेको हो । केहि प्राविधिक विषय र अंग्रेजी, विज्ञान तथा गणित मुल विषय लिएर न्यनूतम शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर उत्तिर्ण गरेका एक हजार पाँच सय स्वयंसेवक शिक्षक नियुक्त गरिने केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले सीआईएनसँग बताउनुभयो । स्वयम्सेवकको रूपमा नियुक्त हुने स्नातक तह उत्तिर्ण गरेका शिक्षकलाई मासिक २४ हजार र स्नात्तकोत्तर उत्तिर्ण गरेका शिक्षकलाई ३२ हजार रुपैयाँसम्म पारिश्रमिक दिइने कार्यविधिमा उल्लेख छ । कुनै विषयमा आवश्यकता भन्दा बढी आवेदक भएको अवस्थामा तोकिएको न्यूनतम शैक्षिक योग्यताको आधारमा उच्चतम अंक ल्याउने आवेदकलाई छनौट गरी परिचालन गरिने कार्यविधिमा उल्लेख छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रुपमा खटाइने भनिएको थियो । यसका लागि सरकारले एक अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here