रौतहट ।। मौलापुर नगरपालिकाको पतौरामा भएको मधानी महायज्ञमा करिव ६० लाख खर्चको समाजिक लेखा परिक्षण सार्वजनिक गरिएको छ ।
पतौरामा रहेको पुरातात्वीक महादेव मन्दीरको संरक्षण र सम्बद्र्धनको लागि आयोजना गरिएका मधानी महायज्ञमा ५८ लाख ८५ हजार खर्चको समाजिक लेखा परिक्षण सहित सर्वजनिक गरिएको हो ।
महायज्ञ मन्दीरको जगसला निर्माण देखि पिन लोगो सम्मको खर्च सर्वाजनीक गरिएको रौतहट क्षेनं. ३का संसद एवं पुर्व मन्त्री प्रभु साहको सोकीय सचिव विजय यादवले जाकारी गराउर्दै, समाजिक लेखा परिक्षणमा पनि मौलापुर नगरपालिकाले ईतिहास रचेको बताए ।

सार्वजनिक गरिएको समाजीक लेखा परिक्षण अनुसार, मन्दीरको जगसला निर्माण तथा पुजामा ४ लाख ५० हजारा, २ वटा मेस संचालनमा २ लाख ५ हजार, स्वागत गेट निर्माण तथा होल्डिंग वोर्डमा १ लाख ५ हजार, विजुली बतीको सजाबटमा ३ लाख, मन्दीरको र स्टेजको फुलको सजावटमा १ लाख, मन्दीर छेउको टेन्ट र कुर्सी १ लाख ५० हजार, मुल टेन्ट र स्टेजमा ७ लाख ५० हजार, शान्ती पिठको होम लगायतको पुजामा ५० हजार, कमराथुवाको बस भडा ६० हजार, ३ दिन माईकद्वारा प्रचार मा २५ हजार, २० वटा एफ एमबाट प्रचार ७५ हजार, ३ वटा टेलिभिजनबाट लाईभ प्रसारण ३ लाख ५० हजार, फेसबुक बुष्ट ५० हजार, ४ वडा कैमरा, २ ड्रोन कैमरा तथा क्रेन कैमरामा १ लाख ५० हजार, २ वटा गित निर्माण (अडियो र भिडियो) मा २ लाख, शिवलीला तथा काठमान्डौको स्थानीय कलाकारमा २ लाख ५० हजार, बाजा बजाउने समुहमा ४० हजार, निखिल उप्रेति, सुस्मिता दाहाल र केकी अधिकारी लाई नगद २ लाख, प्रदेश प्रमुख र राष्ट्रिय हिरो हिरोईनको होटेल खर्चा गार र चपुरको १ लाख ५० हजार, ईन्दु सोनाली, निरहुवा र अमरपालि लाई नगद १५ लाख, ईन्दु सोनाली, निरहुवा र अमरपालि लाई प्लेन टिकेट र गाडी भाडामा १ लाख ५० हजार, इन्डियन हिरोहिरोइनकोलागि भिष्वा होटेलमा १ लाख १० हजार, पशुपतिको पुजारीको ट्रान्स्पोर्ट र विदाईमा ५० हजार, राष्ट्रपति, हिरोहिरोईन तथा गायकहरुलाई सम्मान स्वरुप कपडा ५० हजार, परातात्वीक महादेव मन्दीर सम्बन्धी किताव २सय प्रति पोष्टर, स्वागत बैनरलगायतमा १ लाख ५० हजार र पिन लोगो जैकेट, पास बैचमा ७५ हजार गरि ५८ लाख ८५ हजार खर्च गरिएको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here