काभ्रे ।। काभ्रेको पाँचखाल नगरपालिकालाई बालविवाह मुक्त बनाउन बाल क्लबले पहल थालेको छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश’ भन्ने नारासहित नगर बाल सञ्जाल पाँचखालले बाल विवाह न्यूनिकरणका लागि वडा केन्द्रित कार्यक्रम थालेको हो । नगरपालिकाको १३ वटै वडामा पुगेर बाल विवाह रोगथाम सम्बन्धी चेतना मूलक अभिमुखीकरण कार्यक्रम गरिरहेको नगर बाल सञ्जालका सहजकर्ता श्रवण चिमौरियाले जानकारी दिनुभयो । बाल सञ्जालले ८, ३, ७ र १२ नम्बर वडामा सचेतनामूलक कार्यक्रम गरिसकेको छ । बाल सञ्जालले जनप्रतिनिधि, अभिभावक, बालबालिका, शिक्षकलाई भेला गराएर बाल विवाह गर्दा हुने कानुनी कारबाही र न्यूनिकरणका उपाय बताउने गरेको छ । नगरपालिकाको १, ८ र १२ नम्बर वडामा धेरै बाल विवाह हुने गरेको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here