काठमाडाैं ।। संसद बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची तयार पारेको छ । कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले “सैनिक (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले आजको बैठकमा “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव र “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजैको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यस्तै, “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here