राैतहट ।। रौतहट लगायत तराई मधेशका जिल्लाका मंगलबार दिउँसो देखिको जारी रहेकाे वर्षाले इँटा उद्योगमा अत्यधिक क्षति पुर्‍याएको छ । देशकै सबैभन्दा बढी इँटा उद्योग रहेको रौतहटमा मात्र करोडौंको क्षति पुगेको इँटा उद्योगीहरूले बताएका छन् ।

मंगलबार दिउँसो २ बजेदेखि परेको पानी रातभरि परेकाले इँटा बनाउने ठाउँमा खाल परेको र नयाँ बनाएको इँटा पनि पानीमा डुबेकाले अत्यधिक क्षति भएको व्यवसायीहरूको भनाइ छ ।

गत असोजदेखि तीन पटक ठूलो पानी परेकाले यो सिजनमा इँटा उद्योगमा भएको क्षतिको भर्पाई गर्नै नसकिने इँटा उद्योग व्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताएका छन् ।

जिल्लाका एक सय पैंसठ्ठी इँटा उद्योगमा भएको क्षतिको कल्पना नै गर्न नसकिने अवस्था आएको अध्यक्ष साहको भनाइ छ । उनी भन्दछन्, “अत्यधिक वर्षाले इँटा उद्योगमा अपूरणीय क्षति भएको छ ।”

देशलाई इँटामा आत्मनिर्भर बनाएको उद्योगको कतैबाट बीमा नहुँदा उद्योगीहरू झन् मर्कामा परेको अध्यक्ष साहको दुखेसो रहेको छ । यसपालिको वर्षाले इँटा उद्योगीको डाढ भाँच्चिएको प्रतिक्रिया दिँदै अध्यक्ष साहले कतैबाट कुनै किसिमको सहयोग नपाउने इँटा उद्योगीहरू वर्षाले यसपालि आहत बन्न पुगेका छन् ।

जिल्लाका इँटा उद्योगमा पुगेको क्षतिबारे अध्ययन भइरहेको र कम्तीमा १५ करोड रुपैयाँ बराबरको काँचो इँटा वर्षाको पानीले गलेको अर्का व्यवसायी रामजी साहको दाबी छ । इँटा उद्योग संचालन गर्नेहरू चालू सिजनमा एकपछि अर्को प्राकृतिक प्रहारबाट प्रभावित भइरहेको बताउँदै साह भन्छन्, “करोडौंको घाटा इँटा उद्योगीलाई पूरा गर्न यो सिजनमा सजिलो छैन ।”

वर्षाले इँटा उद्योगीमा निराशा छाएको र उद्योगमा नकारात्मक प्रभाव पर्ने देखिएको अध्यक्ष साहको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here