एजेन्सी ।। बलिउड चर्चित नायिका शिल्पा शेट्टी ४४औँ वर्षको उमेरमा दोस्रो पटक आमा बनेकी छन् । भारतिय मिडियाका अनुसार शिल्पा दोस्रोपटक छोरीकी आमा बनेकी हुन् । शेट्टीले सरोगेसीको माध्यमबाट १५ फेब्रुअरीमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको नाम समिषा शेट्टी राखिएको बताइएको छ । शिल्पा शेट्टी र उनका श्रीमान राज कुंद्राले छोरीको तस्विर सार्वजनिक गरेका हुन् ।
उक्त तस्वीर सार्वजनिक भएसँगै शिल्पालाई बधाई दिनेहरुको ओइरो नै लागेको छ । अभिनेत्री शिल्पाले सोसल मिडिया इन्स्टाग्राममा लेखेकी छन्, ‘ओम श्री गणेशाय नमः, हाम्रो प्रार्थनाको जवाफ एक चमत्कारको साथमा भेटायौं । हामीले आफ्नो सानी छोरी समिषा शेट्टी कुंद्राको जन्मको घोषणा गर्दा निकै रोमान्चित छौं ।’ तस्वीरमा छोरी समिषाको अनुहार भने देखाइएको छैन । शिल्पा बलिउडमा फिटनेश आइकन रुपमा परिचित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here