दाङ ।। प्रदेश नम्बर पाँच सरकारको आयोजनामा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु भएको छ । एक्स्पो प्रदेशका मुख्यमन्त्री शकर पोख्रेलले हिजो उद्घाटन गर्नुभएको हो । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुगेको अवसरमा प्रदेशभित्र सरकारले गरेका कामको प्रचारप्रसार, कला, सँस्कृति एवम् पर्यटन प्रवद्र्धनसँगै निजी क्षेत्रहरुको विकासका लागि प्रदेश एक्स्पोको आयोजना गरिएको प्रदेश सरकाले जनाएको छ । प्रदेशका आन्तरिक तथा कानून मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रदेश भरीका १२ जिल्लाबाट ल्याइएका विभिन्न साँस्कृति झाँकीहरु प्रर्दशन गरिएको थियो । थारु, मगर, नेवारसहित अन्य विभिन्न कला सँस्कृतिसँग जोडिएका नृत्य र झाँकीहरु प्रदर्शन गरिएको हो । एक्स्पोमा प्रदेश सरकारका विभिन्न मन्त्रालयसहित प्रदेश भरीका स्थानीय तहहरुले आफूले गरेका कामलाई पर्चा, पोष्टर र भिडियो मार्फत् सार्वजनिक गरेका छन् । एक्स्पोमा करिव पाँचसय स्टल राखिएको छ । स्टलहरुमा स्थानीय तहका उत्पादनका चिनारी, निजी क्षेत्रका व्यापारिक स्टल, कृषि उत्पादनसहित निःशुल्क स्वास्थ्य शिविर समेत राखिएको छ । यसैबीच, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश एक्स्पोले प्रदेशभित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताको आवश्यकता र विकासको चाहना पूरा गर्ने सहि माध्यमको रुपमा प्रदेश सरकार स्थापित भएको बताउनुभयो ।
दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।