एजेन्सी ।। भारतको दिल्ली प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय जनता पार्टी भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले राजीनामाको घोषणा गरेका छन्।

तर भाजपाले भने राजीनामा फिर्ता लिन आग्रह गरेको छ।

तिवारीले दिल्लीमा ४८ सिटमा जित हात पार्ने दाबी गरेका थिए। तर ७० सिट भएको प्रदेशमा भाजपाले ८ सिटमा मात्रै जित हात पारेको छ। बाँकी ६२ सिटमा भने त्यहाँको सत्तारुढ दल आम आदमी पार्टीले जित निकालेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भाजपाले चुनावमा नराम्रो पराजय व्यहोरेपछि तिवारीले त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए।

दिल्ली विधानसभा चुनाव प्रचारसप्रसारका क्रममा सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चा विजेपी अध्यक्ष तिवारीकै रहेको थियो।

मतगणनाको अन्तिम समयसम्म पनि ठूलै जितको आशा राखेका तिवारी नतिजा खराब निस्किएपछि निराश बनेका थिए।

उनले ८ फेब्रुअरीमा मतदानपछि भएका एक्जिट पोलहरु आम आदमी पार्टीको पक्षमा देखिएपछि तिवारीले ट्वीटरमा प्रतिक्रिया दिँदै आफूहरुले कम्तीमा ४८ सिटत जित हात पार्ने बताएका थिए।

उनले लेखेका थिए, ‘यी सबै एक्जिट पोलहरु फेल हुनेछन्, मेरो यो ट्वीट सम्हालेर राख्नुहोला, भाजपाले दिल्लीमा ४८ सिट जित्नेछ। कृपया एबीएमलाई दोष दिन अहिलेदेखि नै बाहाना नखोज्नुहोस्।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here